Thaha

Saturday 21 September - 6:52 am NST

संकटापन्न पहरे बाँदरको नेपालमा क्षेत्र बिस्तार , क्रस ब्रिडिङ्गका कारण प्रजातिनै समस्यामा


काठमाडौं, २३ जेठ । 

संसारमै संकटापन्न रहेको पहरे बाँदरको बसाईको क्षेत्र बिस्तार भएको पाईएको छ । सामान्यतया ६ सय मिटरदेखि १ हजार ८ सय मिटरसम्मको उचाईमा बसोबास गर्ने पहरे बाँदरको बसाई क्षेत्र अहिले बिस्तार भएको बाँदर विज्ञहरुले बताएका छन । बाँदर विज्ञ डाक्टर मुकेश चालिसे सहितको टोलीले गरेको अध्ययन अनुसार अहिले पहरे बाँदरको बसाइ क्षेत्र १ सय २० मिटरको उचाईबाट २ हजार ७ सय मिटरको उचाईसम्म बिस्तार भएको पाइएको छ । उहाँका अनुसार माथिल्लो भेगमा बस्ने पहरे बाँदर काला, ठूला र भुत्ले पाइएका छन भने तल्लो भेगका सेता र साना खालका छन ।

कतिपय ठाउँमा रातो बाँदरसंग क्रस ब्रिडिङ्ग भएकाले प्रजाति नै संकटमा समेत परेको चालिसेले बताउनु भयो । नेपालका विभिन्न ५१ ठाउँमा झण्डै २ हजार पहरे बाँदर रहेको अनुमान छ । संसारबाटै लोप हुन लागेको पहरे बाँदर भीरपाखामा सडक पुगेसंगै मानिससंग पनि नजिक हुन थालेको छ । यो गैडाजस्तै संरक्षित जनावर भएपनिसंरक्षणका लागि प्रचारप्रसार हुन सकेको छैन । पहरे बाँदरका कारण धेरै विदेशी पर्यटक तथा अनुसन्धान कर्ता नेपाल ल्याउन सकिने चालिसेको भनाई छ । संसारभर २ सय ३२ प्रजातिका बाँदर पाईन्छन । त्यसमध्य पाँच प्रजातिको पुच्छर हुँदैन । नेपालमा भने लंगुर, पहरे र रातो बाँदर पाईन्छ ।